मंगलबार, पुस १, २०८२

पूर्वी नाकामा बढ्यो तेस्रो देशका पर्यटक आगमन

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

झापा- पूर्वी नाका काँकरभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ।

National life

अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ। सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन्।

कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए। उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए।

'धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्', उनले भने, 'आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ।'

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो। यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो। यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो।

Laxmi sunrise bank
kumari

यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए। रासस

प्रकाशित: Aug 15, 2024| 19:01 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्