सोमबार, साउन ११, २०८३

यूएईसँग नेपालले ३-३ वान-डे र टी-२० सिरिज खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले जनवरीमा यूएईसँग ३-३ खेलको वान-डे र टी-२० सिरिज खेल्ने भएको छ । सिरिज जनवरी २५ देखि फेब्रअरी ३ तारिख सम्म चल्ने छ । 

पहिलो तीन दिन जनवरी २५, ३५ र २८ वान-डे सिरिज चल्नेछ भने जनवरी ३१ तथा फेब्रअरी १ र ३ तारिख टी-२० सिरज खेल्ने छ । सिरिजका सबै खेल दुबईमा हुने सम्भावना प्रबल छ । प्रस्तावित मितिलाई आईसीसीले मान्यता दिन भने बाँकी रहेको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले सिरिज खेलाउन लागेको हो । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । 

नेपालले अगस्टमा वान-डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान-डे श्रृंखला १-१ को बराबरीमा सकिएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।