शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटरको मृत्यु

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मेक्सिको- मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले र उनकी पत्नी तथा गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो। 

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन्। उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए। 

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ। पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो। 

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो। उनी पुब्लाको पहिलो महिला गभर्नर हुन्। उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।