सुर्खेत- कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
पोल ढलेपछि शनिबार राति २ बजेदेखि कर्णालीका ६ जिल्ला (सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, रूकुम पश्चिम र सल्यान) विद्युत् सेवा अवरुद्ध भएको छ।
पहिराले ढलेका पोलहरू चार घण्टादेखि ममर्तको कार्य भइरहेको विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जनाए। पुरानो र जिर्ण संरचनाका कारण हावाहुरी र बाढीपहिरो आउँदा कर्णालीमा विद्युत् अवरुद्ध आएको छ।