एजेन्सी- यसै सिजनको सुरुमा पोर्चुगिज सुपरस्टार खेलाडी त्रिलस्टियानो रोनाल्डो रियल म«िडको ९ बर्षे बसाई छोड्दै १ सय १६ मिलियन युरोमा इटानियन क्लब युभेन्ट्स पुगे । उनी हाल युभेन्ट्समा रहँदै सिरी ए लिग खेल्दै छन् ।
उनी स्पेनिस लिग ला लिगा छोड्दै युभेन्ट्स पुगे पछि धेरै जसोले बार्सिलोनाका कप्तान तथा सुपरस्टार खेलाडी लियोनल मेस्सीसँगैको प्रतिस्पर्धा सकिएको बताएका थिए । तर, फुटबलका जानकार तथा फुटबल दर्शक र समर्थकले बुझेको हुनु पर्छ की रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा अझै जिवित छ ।
आधुनिक फुटबलमा सबैभन्दा धेरै प्रतिस्पर्धात्मक तुलना कसैबीच भएको छ भने त्यो हो रोनाल्डो र मेस्सीबीचको । रोनाल्डो युभेन्ट्स पुग्नु उनीहरुबीचको सोझो प्रतिस्पर्धा कम भएको हो । तर, सकिएको भने छैन । ला लिगामा उनीहरु बीचको प्रतिस्पर्धा कम भएपनि उनीहरुबीच अझै अवार्डको दाबेदारका लागि प्रतिस्पर्धा छ । त्यती मात्र हैन, उनीहरु बिच युरोपका अन्य लिगहरुमा पनि प्रतिस्पर्धा जिवितै छ ।
जहाँ की यी दुई खेलाडी युरोपियन च्याम्पियन्स लिगको मैदानमा पुनः ढिला-चाँडो भएपनि भेट हुने अपेक्षा गर्न सकिन्छ । किनभने, यी दुवै टोली सो उपाधि दाबेदार हुन् । अर्कोतिर, रोनाल्डो र मेस्सीको भेट अन्तर्राष्ट्रिय मैदानमा हुने बाटो पनि खुलै छ । किनभने, दुवैजना अझै पनि राष्ट्रिय टोलीका सदस्य नै हुन् ।
बार्सिलोना पछिल्ला तीन सिजन च्याम्पियन्स लिगमा लगातार अन्तिम आठबाट बाहिरिँदा मेस्सीको व्यक्तिगत प्रदर्शन भने सन्तोषजनक नै छ । गत सिजन उनले १० खेलबाट ६ गोल गरेर २ गोलका लागि पास मिलाएका थिए । त्यसअघि उनले ११ गोल गरेका थिए ।
तर, रोनाल्डोले नकआउट चरणमा लगातार ह्याट्रिक हानेर मेस्सीलाई ‘ओभरटेक’ गर्दै १२ गोल हाने । एकबेला रोनाल्डोले २ गोल गर्दा मेस्सीको ९ गोल भइसकेको थियो । तर, सिजन सकिँदा रोनाल्डोको १२ गोल भयो र मेस्सी ११ गोलमै अड्किए । गत सिजन मेस्सीले सुपर कोपाको दुई खेलबाट १ गोल गरेका थिए ।
अन्तर्राष्ट्रिय मैदानमा को अघि ?
रोनाल्डो र मेस्सी दुवैले अन्तर्रा्ष्ट्रिय मैदानमा पनि व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरेका छन् । गत वर्ष रोनाल्डो र मेस्सी दुवैले आफ्नो देशलाई विश्वकपसम्म लैजान ठूलो योगदान दिए । जहाँ समूह चरणमा अन्तिम र निर्णायक खेलमा मेस्सीले इक्वेडरविरुद्ध ह्याट्रिक नै गरेका थिए । यता, रोनाल्डोले भने छनौट खेलमा ९ गोल हाने, जुन युरोपबाट सर्वाधिक धेरै थियो ।
तर, विश्वकपमा मेस्सीको टोली अर्जेन्टिना र रोनाल्डोको टोली पोर्चुगल अन्तिम १६ बाटै बिदा भए । यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने मेस्सीभन्दा रोनाल्डो अघि देखिए । रसिया विश्वकपमा रोनाल्डोले समूह चरणमा पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण हयाट्रिक गर्दा पोर्चुगल र स्पेनले ३-३ को बराबरी खेले ।
सो खेलमा रोनाल्डोले गरेको फ्रि किक गोलको चर्चा अहिले पनि हुन्छ । उनले विश्वकपमा जम्मा ४ गोल हाने । मेस्सीको प्रदर्शन विश्वकपमा सामान्य मात्रै रह्यो । उनले प्रतियोगिताभर मात्रै १ गोल गरे ।
यो सिजन को बलियो ?
जारी सिजनमा रोनाल्डो र मेस्सीमा ठूलो फरक नभए पनि मेस्सी केही अगाडि छन् । जहाँ रोनाल्डोले २२ खेलबाट १२ गोल गरेका छन् भने उनले ८ गोलका असिस्ट गरेका छन् । उनले सिरी ‘ए’को १७ खेलबाट ११ गोल गर्दा ६ गोलका लागि पास मिलाएका छन् । यता, च्याम्पियन्स लिगमा भने उनले ५ खेलबाट १ गोल गर्दा २ गोलका लागि पास मिलाएका छन् ।
त्यस्तै मेस्सीले भने यो सिजन २० खेल सकिँदा २१ गोल गरेका छन् । उनले ११ गोलका लागि पास मिलाएका छन् । मेस्सीले ला लिगाका १५ खेलबाट १५ गोल र १० असिस्ट गर्दा च्याम्पियन्स लिगका ४ खेलबाट ६ गोल गरेका छन् भने एक असिस्ट पनि गरेका छन् । रोनाल्डोले यो सिजन एक रातो कार्ड पाइसकेका छन् भने मेस्सीले ३ पहेंलो कार्डको दर्शन गरिसकेका छन् ।
सन् २०१८ को सर्वाधिक गोलकर्तामा अहिले मेस्सी अगाडि छन् । उनले यस वर्षका लागि खेल्ने खेल सकिँदा ५१ गोल गरिसकेका छन् भने रोनाल्डोले २ खेल खेल्न बाँकी रहेको अवस्थामा ४४ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४