बिहीबार, चैत २६, २०८२

विश्व क्लब फुटबलका ५ उत्कृष्ट प्रशिक्षक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- विश्व फुटबल जगतमा टोलीका खेलाडी भन्दा पनि महत्व र जिम्मेवारी एक प्रशिक्षकलाई हुन्छ । किनकी कुनै फुटबल टोली वा क्लबले रा्रो प्रदर्शन गर्न सकिरहेको छैन भने उसको सम्पुर्ण जिम्मेवारी प्रशिक्षकलाई जान्छ । 

यसको जल्दो बल्दो उदारण पछिल्लो समय विश्व चर्चित फुटबल लिगहरुमा देखिएको प्रशिक्षक अनुबन्धित र विस्तापित हो । पछिल्लो समय ला लिगा र प्रिमियर लिग क्लबहरुले लिगमा राम्रो प्रदर्शन नगरेको भन्दै प्रशिक्षकलाई बर्खास्त गरेको थियो । 

त्यस्तैले पनि पछिल्लो समय विश्व फुटबलमा राम्रो प्रशिक्षकको अभाव छ । केहि दिन अगाडि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई क्लबबाट बर्खास्त गरेपछि विश्व फुटबमा तातो बहस चलेको छ । 

माउरिन्होलाई सन् २०१६ को अन्त्य तिर चेल्सीले पनि बर्खास्त गरेको थियो । विश्व फुटबलमा हाल भइरहेकै प्रशिक्षकहरु कुनै समय कुनै क्लबमा निकै सफल भएको उदाहरण समेत छ । विश्व फुटबलमा सफल भएका ५ प्रशिक्षक र क्लबहरु यस्ता छन् ।

१ पेप ग्वार्डिवाला (पुर्व बार्सिलोना)

हाल इंग्लिस क्लब म्यानचेस्टर सिटी सम्हालिरहेका प्रशिक्षक पेप कुनै समय स्पेनिस क्लब बार्सिलोनाका सबैभन्दा सफल प्रशिक्षकका रुपमा रहेका थिए । सन् २००८ बाट बार्सिलोना सम्हालेका उनले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेमा ह्याट्रिक गराएका थिए । 

सन् २०१२ पश्चात जर्मन क्लब बार्यन म्युनिख सम्हालेका पेपको लागि म्युनिख बसाई खासै उपलब्धिमुलक बन्न सकेन । पछिल्लो समय इंग्लिस क्लब सिटी सम्हालिरहेका उनको लागि बार्सिलोना भन्दा सफल क्लब अरु बन्न सकेन ।


२ जिनेदान जिदान (पुर्व रियल म्याड्रिड)

फ्रान्सका पूर्व खेलाडी समेत रहेका जिनेदान जिदान स्पेनिस क्लब रियल म्याड्रिडका सबैभन्दा सफल प्रशिक्षक हुन् । उनले पनि रियललाई च्याम्पियन्स लिगमा ह्याट्रिक गराए । गत सिजन सम्म रियल सम्हालेका जिदानले क्लब छाडेसँगै रियलको अवस्था नाजुक बन्दै गएको छ । रोनाल्डो र जिदानले क्लब छाडेपश्चात रियलको लय निकै खराव अवस्थामा छ ।


३ लुइस एनरिक (पुर्व बार्सिलोना)

पेपले बार्सिलोना छाडेपश्चात बार्सिलोना क्लब सम्हालेका एनरिक पनि पछिल्लो समय सफल प्रशिक्षकको सूचिमा सूचिकृत भएका छन् । हाल उनले स्पेन राष्ट्रिय टोलीर्ला सम्हाली रहेका छन् । 

उनले बार्सिलोनामा रहँदा बार्सालाई कोपा डेल’रेमा ह्याट्रिक गराएका थिए । दुई पटक ला लिग तथा एक पटक सुपर कोपा स्पानिया, च्उाम्यिनस लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जिताएका थिए । 


४ जोसे माउरिन्हो (पोर्टो)

जोसे माउरिन्होले पोर्टो, इन्टर मिलान, रियल म्याड्रिड, चेल्सी र युनाइटेड जस्ता नामुद क्लबहरु सम्हालिसकेका छन् । तर, उनीका लागि पोर्टो जस्तो सफल अरु बन्न सकेन् । 

पोर्टोमा उनले प्रिमियर लिगा र च्याम्पियन्स लिग जस्ता उपाधि जिताएका थिए । त्यस्तै चेल्सीमा तीन पटक प्रिमियर लिग र फुटबल लिग कप जिताएका थिए । इन्टर मिलानमा रहँदा दुई पटक सिरी ए र एक पटक च्याम्पियनस लिग उपाधि जिताए । 

त्यस्तै रियलमा रहदा एक पटक ला लिगा, कोपा डेल’रे र सुपर कोपा डे स्पानिया जिताएका थिए । म्यानचेस्टर युनाइटेडमा इएफएल कप, एफए कमुनिटि सिलड र युरोपा लिग एक एक पटक जिताएका थिए ।


५ रोबर्टो डि मैटे (चेल्सी)

इंग्लिस क्लब चेल्सीमा छोटो समय बिताएका रोबर्टो डि मैट पनि निकै नै सबल प्रशिक्षकको सुचिमा पर्दछन् । उनले चेल्सीमा रहदा चेल्सीलाई एकै बर्षमा दुईवटा महत्वपूर्ण उपाधि जिताएका थिए । उनले चेल्सीलाई एफए कप र युईएफए च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनी चेल्सीका पुर्व खेलाडी समेत हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।