एजेन्सी- भारतसँग हुने तेस्रो टेस्ट खेलमा अस्ट्रेलियाका ७ बर्षीय बलाक आर्ची शिलर देखिने भएका छन् । उक्त खेलमा उनी अस्ट्रेलियन राष्ट्रिय टोलीको उपकप्तानी समहाल्ने कप्तान टिम पेनले बताएका छन् । उनी हाल उक्त खेलका लागि अस्ट्रेलियन क्रिकेट टिमसँग अभ्यास गरि रहेका छन् ।
उक्त खेलका लागि यसअघि नै अस्ट्रेलियाले आफ्नो १४ सदस्य टोलीको घोषणा गरेको छ । जस्मा ७ वर्षिय आर्ची शिलर पनि आटाएका छन् । पछिल्लो डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएका थिए ।
जसमा चिकित्सकले सो शल्यक्रियाको परिणाम जस्तोपनि हुन सक्ने बताएका थिए । उक्त चिकित्सकको प्रतिक्रिया अनुसार आर्चीका बुबाले उनलाई आफ्नो इच्छा के गर्ने छ ? भनी सोधका थिए ।
जसमा ७ बर्षीय बलाक आर्चीले अष्ट्रेलियन क्रिकेट टोलीको कप्तानी समहाल्दै भारतीय क्रिकेटमा चर्चित ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने रहेको बताएका थिए । आर्चीको सो प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले उनको चाहना पुरा गर्ने मौका दिएको हो ।
भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट मेलवर्नमा आगमी २६ डिसेम्बर देखी सुरु हुँदैछ । पहिलो टेस्ट भारतले ३१ रनले जित्दा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४