सोमबार, साउन ११, २०८३

पाक पूर्वप्रधानमन्त्री सरिफलाई सात वर्ष कैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार मुद्दामा सात वर्ष कैद सजाय सुनाइएको छ। अल अजिजिया स्टिल मिल्स भ्रष्टाचार प्रकरणमा भ्रष्टाचारविरोधी अदालत (नेसनल अकाउन्टाबिलिटी ब्युरो) ले उनलाई २५ लाख डलर जरिबानासहित सात वर्ष कैद सुनाएको हो।

सरिफलाई अदालतबाटै पक्राउ गरिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेर प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो। उक्त फैसला आउनुभन्दा पहिले अदालत परिसरमा सरिफ समर्थकले हुलदंगासमेत गरेका थिए।

प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको थियो। भ्रष्टाचार निरोधी अदालत अकाउन्टाबिलिटी  ब्युरोका न्यायाधीश मोहम्मद अरसद मलिकको इजलासले यस्तो फैसला सुनाएको हो। फैसला सुन्न उनी आइतबार नै इस्लामाबाद पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।