मंगलबार, भदौ २४, २०८२

पोखरा विश्वविद्यालयमा एक हजार २९९ छात्रवृत्ति कोटामा दरखास्त आह्वान

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

vianetvianet

गण्डकी- पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ।

Kumaribank

अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातक तहका विभिन्न संकायमा छात्रवृत्ति आह्वान गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए।

विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत सञ्चालित बीई कम्प्युटर, बीई आर्किटेक्चर, बीई सिभिल, बीई सिभिल (रुरल), बीई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बीई सफ्टवेयर, बीई आइटी र बीई सिभिल डिप्लोमा होल्डर्स, बीसीए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ।

व्यवस्थापन संकायअन्तर्गत सञ्चालित बीबीए, बीबीए (फाइनान्स), बीसीएस आईटी, बीएचसीएम, बीएचएम र बीबीए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत सञ्चालित बिडेभ्स, बीईसीएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिए।

विश्वविद्यालयले हालै विभिन्न महाविद्यालयमा कार्यक्रम र ‘सेक्सन’ थप गरेकाले उल्लिखित छात्रवृत्ति कोटा अझै बढ्न सक्ने जनाएको छ। विश्वविद्यालयले आङ्गिक महाविद्यालयमा कुल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयहरूमा कुल विद्यार्थी भर्ना कोटाको १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। 

Metro Mart

पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली-२०६५ अनुसार विश्वविद्यालयले स्थानीय छात्रवृत्ति र पोखरा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सन्तति छात्रवृत्तिको कोटाबाहेक ६० प्रतिशत कोटा खुला र ४० प्रतिशत कोटा अपांग, सहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई सुरक्षित गरेको छ। जसमध्ये खुला र आरक्षित दुवै प्रकारका छात्रवृत्ति कोटामा महिलाहरूका लागि ५०/५० प्रतिशत कोटा सुरक्षित रहने व्यवस्था मिलाइएको छ।

विश्वविद्यालयले उपलब्ध गराउने निःशुल्क छात्रवृत्ति कोटामा नियमानुसार सामुदायिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनौट प्रवेश परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरिसकेपछि पनि कोटा रिक्त रहन गएमा योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ।

छात्रवृत्तिका लागि यही साउन ३० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने व्यवस्था मिलाइएको ढकालले जानकारी दिए।

प्रकाशित: Jul 25, 2024| 21:01 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्