सोमबार, असार १, २०८३

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

कास्की- माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ। साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ।

गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११ं)का लागि चारजना र माध्यमिक तह (११–१२ं)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ। प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ।

प्रकाशित: Jul 24, 2024| 09:10 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्