काठमाडौं– जारी इन्डिया इंग्ल्यान्डबीच जारी टेस्टमा निकै ठूलो प्रतिस्पर्धा भएको छ। टस हारेर ब्यटिङको निम्तो पाएको इन्डियाले पहिलो इनिङमा ३६४ रन बनाएपछि पहिलो इनिङमा इंग्ल्यान्डले पनि ३९१ रन बनाएको छ।
तेस्रो दिनको खेल सकिँदै २५४ ओभर एक बल भएको छ भने त्यसबीच ७५५ रन बनेको छ। जहाँ इन्डियाले १२६ ओभर बल खेलेको थियो भने इंग्ल्यान्डले १२८ ओभर खेलेको छ।
३६५ रन पछ्याएको इंग्ल्यान्डका कप्तान जो रुटले सानदार पारी खेल्दै १८० रन जोडे। लर्डसमा भएको खेलमा उनले २०२१ को आफ्नो पाँचौ टेस्ट सतक प्रहार गरेका हुन्। इंग्ल्यान्डका डेनिस कम्टन र माइकल वाउघनले मात्र (उनले भन्दा धेरै) एक वर्षपमा छ सतक हानेका छन्।
‘उनी ३० वर्षका भए, यद्यपी उनको प्रदर्शन अझैसम्म चुलिरहको छ,’ जोन्नी बेयरिस्टवले रुटबारे भने, ‘उनी निकै रोमाञ्चक खेल्छन्। र, उनी कति अघिसम्म जान्छन् भन्ने हेर्न बाँकी नै छ।’
उनको सानदार प्रदर्शनले इंग्ल्यान्डले ३९१ रन बनाउन सकेको थियो। अहिले इंग्ल्यान्डले इन्डियालाई २७ रनले लिड गरिरहेको छ। दुई दिन अझै बाँकी रहेको खेल निकै रोमाञ्चक बनेको छ। यता पहिलो खेललाई मौसमले प्रभावित पारेपछि सबै खेल हुन नसक्दा बराबरीमै खेल रोक्नु परेको थियो।
त्यसैले अहिले दुवै टिम पहिलो जित निकाल्ने लडाईंमा छन्। २०१९ मा टेस्ट टिमबाट बाहिरिएका इन्डियन ओपनर केएल राहुलले इन्डियाका लागि पहिलो पारीमा १२९ रनको सतकिय पारी खेलेका थिए। उनले पनि त्यो पारीमा थुप्रै रेकर्ड बनाएका छन्। त्यस्तै, रोहित शर्माले ८३ रन बनाएका थिए।
यता इंग्ल्यान्डमा जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट गिराएका थिए। जवाफी ब्याटिङमा इंग्ल्यान्डको सुरुआति ब्याटिङ खराब भए पनि रुटले विकेट बचाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनले नट आउट ३२१ बल खेलेका छन्। रुटबाहेक रोरी बर्नसले ४९ रन बनाए भने बेयरिस्टोले ५७ रनको अर्थसतकिय पारी खेले।
यता इन्डियाका मोहम्मद सिरजले चार विकेट गिराए। जारी टेस्टमा सतक हानका जो रुट सर्वाधिक कम उमेरका नौ हजार रन पुरा गर्ने खेलाडीको दोस्रा नम्बरमा पर्छन्। उनले जिवनमा २२ टेस्ट सतक प्रहार गरेका छन्। उनीभन्दा धेरै अलस्टेर कुकले ३३ र केभिन पिटरसनले २३ सतक प्रहार गरेका छन्।
सतकमा पनि उनले ११ पटक त १५० रनभन्दा धेरै रन प्रहार गरिसकेका छन्। उनले यो वर्ष नै चार पटक १५० रन कटाएका हुन्।
रुटको प्रदर्शनबारे पूर्व इंग्ल्यान्ड क्रिकेटर मार्क रामप्रकाश भन्छन्, ‘उनी सुरुआतबाटै निकै तरल देखिएका छन्। लाग्छ उनी पहिल्यै तयार भएर मैदान पसेका थिए। उनी क्रिकेटको असामान्य फर्ममा खेलिरहेका थिए। उनले खेलमा मानसिक रुपमै कही थप गरेजस्तो देखिएको छ। निकै आकर्षक छ।’