मंगलबार, पुस ८, २०८२

डेंगु संक्रमित बढेपछि 'लार्भा खोज र नष्ट गर' अभियान

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

चितवन- डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ। 

National life

गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिए।

गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उनले बताए। स्वास्थ्य शाखा प्रमुख देवकोटाले भने, ‘गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने  छौँ।’

गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। सोमबार मात्रै सात जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिए। उनका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन्। बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ। 

सङ्क्रमितमध्य अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन्। उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ।  सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताए। अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2024| 14:44 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्