मंगलबार, चैत २४, २०८२

एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं-जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड-२०७४ लाई प्रायोजन गरेकोछ । अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष/महिला खेलाडी विधाको नगद पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी सिइओ अजय मिश्रले सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरे । सम्झौता अनुसार जनता बैंकले सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गर्नेछ ।

डुपुटी सिइओ मिश्रले सम्झौता अवधि ५ वर्षका लागि भएको बताउदै एउटा सानो सहयोगबाट खेलाडी संघसंग सहकार्यको थालनी गरेको बताए । उनले शैक्षिा रुपमा योग्य भएका तर जीकोपार्जनका लागि समस्या भएका खेलाडीलाई जनता बैंकले सकेसम्म अवसर प्रदान गर्ने बताउदै आर्थिक अभावका कारण कुनै क्षमतावान खेलाडी खेलबाट वञ्चित हुने अवस्था आए त्यसमा पनि जनता बैंकले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाए ।

खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड झै एनएनआईपीए अवार्डलाई पनि सबै खेलाडीका लागि प्रतिक्षाको विषय बनाउन चाहेको धारणा व्यक्त गरे ।

‘नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड सबै खेलाडीको प्रतिक्षाको विषय बन्छ । त्यो दाँजोमा हामी हाम्रो अवार्डलाई गर्न सक्दैनौं होला । तर हामी पनि हाम्रो अवार्डलाई सबै खेलाडीको प्रतिक्षाको विषय बनोस् भन्ने चाहन्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १३ औं संस्करण पाटन दरबार स्क्वायर हातामा रहेको ललितपुर संग्राहलयमा पुस १३ गते हुँदैछ । त्यसबेला राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको राखेप च्याम्पिसिपमा समावेश २९ खेलका एक-एक पुरुष/महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिने छ । यसको पुरस्कार राशी १० हजार रुपैयाँ रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।