आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'बर्थिङ सेन्टर'मा तालाबन्दी हुँदा सेवाग्राही मारमा

 |  मंगलबार, साउन ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँस्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।

triton college

दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई ६ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ। विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो।

अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए।

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन्। विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनको भनाइ छ।

प्रकाशित: Jul 23, 2024| 09:41 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...