शनिबार, चैत २८, २०८२

आईसीसीको नयाँ वरियतामा नेपालका तीन खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- शनिबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी-२० क्रिकेट वरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र परेका छन् । शर्ष सय भित्र पर्ने तीन नेपाली खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी रहेका छन् । 

यसअघि नअटाएका सोमपाल कामी नयाँ वरियतामा अटाएका हुन् । पारस र सोमपाल नयाँ वरियताको अलराउण्डर तर्फ परेका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ४ स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । त्यस्तै सोमपाल बलिङतर्फ ९२ औं स्थानमा रहेका छन् । 

अलराउण्डरतर्फ पारस ४२ औँ स्थानमा छन् । पारसले जो रुट, सिकन्दर राजा,किरण कोल्यान्ड, इमाद वासिम, कोलन डी ग्रान्डहोम, नाथन कुल्टर नाइल, एलिसा गुणरत्ने जस्ता विश्वका स्टार खेलाडी भन्दा माथि रहेका छन् । 

सोमपाल अलराउण्डरतर्फ ६४ औं स्थानमा छन् । सोमपाल कामीले हसन ओली, टिम साउदी, मेहदी हसन, इश सोधी, आदिल रशिद, मिचेल मार्श, एडम जम्पा जस्ता खेलाडीलाई वरियर्तामा पछि छाडेका छन् । 

बलिङतर्फ वसन्त रेग्मी ७४ औँ स्थानमा रहेका छन् । बसन्ले पाकिस्तानका उस्मान खान, शाहिन अफ्रिदी, वेस्ट इन्डिजका आन्द्रे रसेल, आरल्यान्डका पल स्टरर्लिङ, इंग्ल्यान्डका बेन स्ट्रोक्स, भारतका कुनाल पान्ड्या, आशिष नेहेरा, जयदेव उनादकट र अस्ट्रलियाका मार्कस स्टोनिस जस्ता खेलाडीलाई पछि पारेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।