मंगलबार, पुस ८, २०८२

अस्पतालको सेवा सुधार्न स्वास्थ्यमन्त्री पौडेलको ९ बुँदे परिपत्र

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- पदभार ग्रहणका दिन अस्पतालहरूमा लाइन लाग्नु नपर्ने घोषणा गरेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई प्रभावकारी सेवा प्रवाहका लागि ९ बुँदे परिपत्र गरेका छन्।

National life

मन्त्री पौडेलको उपस्थितिमा बिहीबार बसेको संघीय अस्पताल प्रमुखहरूको बैठकमा भएको निर्णयअनुसार उक्त परिपत्र गरेको मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले उल्लेख गरेका छन्। अस्पतालमा सेवाग्राहीहरूको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निर्णय भएको हुँदा सोको यथाशीघ्र कार्यान्वयन गर्न पत्रमा भनिएको छ।

सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन छ। विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ।प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने जानकारी पनि मन्त्रालयले गराएको छ।

अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको छ।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्न पनि मन्त्रालयले भनेको छ। स्वास्थ्य बिमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्न पनि मन्त्रालयले भनेको छ।

Laxmi sunrise bank
kumari

अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने आदि उपाय मन्त्रालयले सुझाएको छ।

सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्न मन्त्रालयको निर्देशन छ। अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने भन्दै त्यसको निराकरणका लागि नक्सा सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयं सेवक परिचालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउन पनि परिपत्रमा भनिएको छ।

प्रकाशित: Jul 21, 2024| 12:26 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्