सोमबार, असोज ५, २०८३

लिगमा अपराजित रहँदै मनाङको उपाधि जित्ने सम्भावना बलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब लिगको दशौं चरणको खेलमा पनि अपराजित रहेको छ । लिगको दशौं खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै लगातार जित निकालेको हो । 

मनाङ लिगका सबै खेलमा जित निकाल्दै अपराजित रहेको एक्लो टोली हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा गोल दोस्रो हाफमा भएको थियो । उक्त खेलको एक मात्र निर्णायक गोल मनाङका विदेशी खेलाडी आडेलाजा सोमिडेले गरेका थिए ।

उनले खेलको ५३ औं मिनेटमा गोल गर्दै मनाङको जितलाई मायमै राख्न मद्दत गरे । सोमिडेले हेमन गुरुङको पासमा गोल गरेका थिए । जितसँगै मनाङले लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । 

लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा भन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ । 

अब मनाङले संकटाविरुद्धको खेल जिते उपाधि आफ्नो बनाउनेछ । मनाङ र संकटाबीचको खेल पुस १२ गते हुनेछ । मनाङसँग पराजित पुलिस १५ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।