सोमबार, चैत २, २०८२

इन्डोनेसियामा सुनामी : मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जकार्ता- इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । 

आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । 

सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ५८४ जना घाइते भएका छन् भने कैयाँै व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ । 

समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ । जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको प्राप्त समाचारहरुमा जनाइएको छ । 

आइतबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको समाचारमा जनाइएको छ । 

ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएको छ । सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । त्यसैगरी घाइतेको सङ्ख्या पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरुमा जनाइएको छ । 

सो एजेन्सीका अनुसार, सुनामीबाट कैयौँ व्यक्ति हराइरहेका छन् । समुद्री तट नजकिको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । त्यस्तै ती क्षेत्रमा रहेका भौतिक संरचना पनि ढलेका छन् । 

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरुमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरुले सार्वजनिक गरेका तस्बिरहरुमा प्रभावित क्षेत्रका केही नगरहरु पानीमा डुबेको देखिन्छ । 

यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । 

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । 

उनीहरुले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको वस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । 

इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ । यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।