मंगलबार, असार २३, २०८३

हाल्यान्डको दोहोरो गोलमा डर्टमन्डको सानदार जित

जर्मन क्लब बोरुसिया डर्टमन्डले त्यहाँको शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा ५–२ गोलको सानदार जित निकालेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- जर्मन क्लब बोरुसिया डर्टमन्डले त्यहाँको शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा ५–२ गोलको सानदार जित निकालेको छ।

डर्टमन्डकै मैदान शनिबार राति सम्पन्न खेलमा उसले पहुना टिम आइन्ट्राक्ट फ्रांकफर्टविरुद्ध ५–२ गोलको जित निकालेको हो।

जितका लागि इर्लिङ हाल्यान्डले दुई गोल र तीन एसिस्ट गरे। उनीबाहेक मार्को रिउस, थोरगन हजार्ड र अलेजेन्द्रो रियनाले समान १/१ गोल गरे।

खेलको २३औं मिनेटमा रिउसले गोल गर्दै अग्रता बनाए पनि डर्टमन्डकै डिफेन्डर फेलिक्स पालकले २७औं मिनेटमा आत्मघाति गोल गरेपछि खेल बरारीमा आएको थियो। रिउसलाई पहिलो गोलका लागि हाल्यान्डले पास उपलब्ध गराएका थिए।

यता ३२औं मिनेटमा हाल्यान्डकै पासमा हजार्डले गोल गरेपछि डर्टमन्डले पुनः अग्रता बनाएको थियो। त्यसको दुई मिनेट नबित्तदै रिउसको पासमा हाल्यान्डले गोल गरेपछि पहिलो हाफमै डर्टमन्डले ३–१ गोलको अग्रता बनायो।

दोस्रो हाफको ५८औं मिनेटमा रियनाले एक गोल थपे भने ७०औं मिनेटमा हाल्यान्डले टिमका लागि अन्तिम गोल गरे। इता ८६औं मिनेटमा फ्रांकफर्टका जिन्स पिटरले एक गोल फर्काका थिए।

यो जितसँगै तीन अंक बनाएको डर्टमन्ड तालिकाको तेस्रो स्थानमा छ। समान तीन अंक भएका सुटरगार्ट र होफेनहाइम शीर्ष र दोस्रो स्थानमा छन्। यता साविक विजेता बायर्न म्युनिखले भने पहिलो खेलमा बराबरी खेलेको छ।

प्रकाशित: Aug 15, 2021| 08:25 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।