आइतबार, चैत २२, २०८२

सिरी ‘ए’मा युभेन्टसको अपराजित यात्रा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेनसी- सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा रहेको युभेन्टसले लिगमा आफ्नो अपराजित यात्रा जारी नै राखेको छ । शनिबार राति भएको लिगको १७औं खेलमा रोमालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । 

आफ्नो घरेलु मैदान टुरिनमा निकै प्रतिस्पर्धात्मक बनेका खेलमा युभेन्टसले रोमा माथि १-० को संघर्षपूर्ण जित सनकालेको थियो । युभेन्ट्सलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल मारियो मान्डुज्कीले गरे ।

उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उक्त खेलको एक मात्र गो पहिलो हाफमा सम्भव हुँदा थप गोल दोस्रो हाफमा हुन सकेन । 

थप गोल  नभएपछि खेल घरेलु टोलीले रोमामाथि १-० को जित निकाल्यो । यसजितसँगै युभेन्ट्सले १७ खेलबाट ४९ अंक बनाएको छ । जुन दोस्रो स्थानको नापोलीभन्दा ८ अंकले अघि हो भने तेस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा १८ अंक बढी हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।