मंगलबार, असार २३, २०८३

रियल मड्रिडमा बेलको सान्त सुरुआत, बेञ्जेमाको दोहोरो गोल

एक सिजन प्रिमियर क्लब टोटेनहम हट्स्परमा विताएका वेल्सम्यान ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडमा शान्त सुरुआत गरेका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– एक सिजन प्रिमियर क्लब टोटेनहम हट्स्परमा विताएका वेल्सम्यान ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडमा शान्त सुरुआत गरेका छन्।

इडेन हजार्ड, करिम बेञ्जेमा र बेलको फरवार्ड लाइमा शनिबार राति सम्पन्न ला लिगाको पहिलो खेलमा बेलले सम्झानलायक प्रदर्शन गरेनन्। क्लबबाट जिनेदिन जिदाने बाहिरिएसँगै रियल मड्रिडमा बेलले मौका भने पाउने भएका छन्।

बेलसँगै फरवार्ड लाइनमा रहेका हजार्डले एक एसिस्ट गरे भने फ्रेन्च फरवार्ड बेञ्जेमाले दुई गोल गरेका छन्। अलाभेसको मैदानमा सम्पन्न खेलमा रियलले घरेलु टिमविरुद्ध ४–१ गोलको सानदार जित निकालेको थियो। जितका लागि बेञ्जेमाले दुई, नाचोले एक र  भिनिसियस जुनियरले एक गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। प्रशिक्षक कार्लो एन्सोलोटीको प्रशिक्षणमा रहेको टिमले खेलको ४८औं मिनेटमा बेञ्जेमाको गोलबाट अग्रता बनाएको थियो।

त्यस्तै, ५६औं मिनेटमा नाचोले गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो। यता बेञ्जेमाले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने रियलका लागि अन्तिम गोल अन्तिम मिनेटमा भिनिसियसले गरे। खेलमा मिडफिल्डर लुका मोड्रिच र डिफेन्डर डेबिड अल्वाले समान १/१ एसिस्ट गरेका थिए।

यता अलाभेसका जोसेलुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ६५औं मिनेटमा गोल गरेका थिए। कार्लो एन्सोलोटीको प्रशिक्षणमा रियल मड्रिडले २०१३–१४ को च्याम्पियन्स लिग जितेको थियो। त्यो च्याम्पियन्स लिगको फाइनल खेलमा रियल पूर्वकप्तान रामोसले अन्तिम मिनेटमा गोल गरेर एथ्लेटिको मड्रिडबाट खेल आफ्नो हातमा परेका थिए।

तर, रामोसको सम्झौता सकिएपछि उनी यहि सिजन फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका छन्। रामोसपछि रियलले कप्तानी अर्का रक्षक मार्सेल्लोलाई दिएको छ।

बायर्न म्युनिखबाट यहि सिजन मात्र रियलमा प्रवेश गरेका अल्वाले डेब्यू खेलमा नै एसिस्ट गरेका हुन्। यो जितसँगै रियल मड्रिडले तीन अंक जोडेको छ।

यता ला लिगाको बाँकी खेलमा मार्योका र रियल बेटिसले १-१ गोलको बराबरी खेलेका छन् भने कार्डिज र लेभान्टेले पनि १-१ बराबरी खेलेका छन्। एस्पानोयल र ओसासुनाले चाहिँ गोल रहित बराबरी खेलेका छन्।

प्रकाशित: Aug 15, 2021| 07:56 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।