सोमबार, साउन ११, २०८३

बार्सिलोनाको जितमा मेस्सीको एक गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै लिगमा शीर्षस्थान मायमै राखेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेल्टालाई २-० ले पराजित गर्दै शीर्ष स्थान कायमै राखेको हो ।  

बार्सिलोनालाई जिता दिलाउन औसमाने डेम्वेले र कप्तान लियोनेल मेस्सीले समान एक एक गोल गरे । खेलका दुबै गोल पहिलो हाफमा नै सम्भव भएका थिए । बार्सिलोनाले पहिलो हाफको १०औं मिनेटमा नै सुरुवाती अग्रता लिएको थियो । बार्सिलोनालाई सुरुवाती अग्रता डेम्बेलेले दिलाए ।
 
त्यसपछि पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल नहुदा बार्सिलोना २-० को जित निकाल्न सफल भयो ।

जितपछि बार्सिलोनाको १७ खेलबाट ३७ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । एट्लेटिको मड्रिडको समान खेलबाटै ३४ अंक छ । पराजित सेल्टा डि भिगो २१ अंक जोडेर १०औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।