सोमबार, पुस ७, २०८२

को-को छन् कांग्रेस र एमालेबाट मन्त्रीको दौडमा ? कसको सम्भावना कति ?

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रीपरिषद् गठनको विषय पेचिलो बनेको छ।

National life

सोमबार बिहान ११ बजे शपथ ग्रहण गर्न लागेका ओली सुरुमै मन्त्रीपरिषद् पूर्ण बनाउने पक्षमा छन्। यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग आठ जना मन्त्रीको सूची मागेका छन्। एमालेबाट मन्त्री हुनेहरुको सूची भने उनीसँगै लगभग तयार छ। 

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ। मन्त्रालय भागबण्डा टुंगिएको भए पनि व्यक्तिहरु टुंगिसकेको छैन। सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाएर पूर्ण मन्त्रिपरिषद् गठन गर्ने दुई दलको तयारी छ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ। एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ। एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना छ। यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने तयारी छ।

Laxmi sunrise bank
kumari

उता नेपाली कांग्रेसले भने दुईजना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय लगभग भएको छ। अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी कांग्रेसको छ। पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा उसले मन्त्री पठाउने भनेको छ।

कांग्रेसमा मन्त्री चयनको विषय पेचिलो बनेको छ। पार्टीमा आन्तरिक सन्तुलन मिलाउन समस्या देखिएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा देउवाले कांग्रेसलाई सरकारमा पठाउने सम्भावना छ। 

देउवाले सांसद अजय चौरासियालाई पनि मन्त्री बनाउने नेताहरू बताउँछन्। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको कोटामा दीपक खड्का पनि मन्त्री बन्ने सम्भावना छ। 

संस्थापन इतरबाट रामनाथ अधिकारीको सम्भावना रहेको बताइएको छ। सहमहामन्त्री जीवन परियारको नाम पनि समावेशी मन्त्रिपरिषद् बनाउँदा आउन सक्छ।

अर्का सहमहामन्त्री बद्री पाण्डे पनि बलियो दाबेदार मानिन्छन्। हृदयराम थानी र दीपक गिरी पनि मन्त्रीका बलियो आकांक्षी हुन्। महामन्त्री गगन थापाको तर्फबाट मन्त्री बन्ने सूचीमा प्रदीप पौडेल छन्। 

प्रकाशित: Jul 14, 2024| 21:25 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्