बिहीबार, भदौ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला

जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला

 |  बिहीबार, भदौ २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

vianetvianet

काठमाडौं । नेपाली काङग्रेसका नेता डा. शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन्।

Kumaribank

बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए।

उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु। जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु।’

साथै, उनले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा समेत गरेका छन्।

सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको घोर भत्र्सना गर्दै आन्दोलन पश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेको पनि उनले बताए।

Metro Mart

उनले जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा दृढ विश्वास रहेको भन्दै करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गरेका छन्।

प्रकाशित: Sep 11, 2025| 19:03 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्