आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्न बिमा प्राधिकरणको निर्देशन

क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्न बिमा प्राधिकरणको निर्देशन

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं । बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन जारी गरेको छ।

प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण आएको छैन।

बिहीबारसम्म बिमा कम्पनी खुलेका छैनन् भने क्षतिमध्ये कतिको बिमा भएको र कति रकमको दाबी परेको छ भन्ने यकिन तथ्यांक उपलब्ध रहेको छैन।

प्रकाशित: Sep 11, 2025| 20:32 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्