आइतबार, भदौ २१, २०८३

देउवा दम्पति खतरामुक्त

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन्।

स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ।

देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ। दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ।

आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो। सुरक्षाका कारण अस्पतालको नखोलिएको बताएको छ।

प्रकाशित: Sep 10, 2025| 18:19 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्