सोमबार, साउन ११, २०८३

पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा नान्टेसलाई १-० ले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । 

पीएसजीको जितका लागि खेलको एक मात्र निर्णायक गोल युवा स्टार खेलाडी केलियन एमबाप्पेले गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा भएको खेलमा एक मात्र गोल दोस्रो हाफमा सम्भवब भएको थियो । 

एमबाप्पेले खेलको ६८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १-० को महत्वपुर्ण जित दिलाए । उनले डि मारियाको पासमा गोल गरे । डि मारियाको पासलाई बक्सभित्रबाट उत्कृष्छ प्रहार गर्दै गोलमा परिणत गरेका थिए । 

खेलमा पीएसजीले नान्टेसविरुद्ध पकड जमाउँदै दवाव सिर्जना गरेपनि थप गोल गर्न भने सकेनन् । यसजिसँगै लिगमा अपराजित रहेको पीएसजीले १७ खेलबाट ४७ अंक जोडेको छ । 

पीएसजीले दोस्रो स्थानको लिलेसँग १३ अंकको अग्रता बनाएको छ । पराजित नान्टेस २० अंक जोडेर १४औं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।