मंगलबार, माघ ६, २०८२

मानसिक थकान र चोटपछि लिभरपुलका भान डाइकको उत्कृष्ट कमब्याक

चोटको कारण अघिल्लो पुरा सिजन गुमाएका डच डिफेन्डर भान डाइक मैदान फर्किएसँगै लिभरपुलले इंग्सिल प्रिमियर लिग (ईपीएल) मा सहज सुरुआत गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- चोटको कारण अघिल्लो पुरा सिजन गुमाएका डच डिफेन्डर भान डाइक मैदान फर्किएसँगै लिभरपुलले इंग्सिल प्रिमियर लिग (ईपीएल) मा सहज सुरुआत गरेको छ।

National life

मैदान फर्किएका डिफेन्डर भान डाइकले १० महिना लामो चोटको संघर्षलाई मानसिक रूपमा टफ रहेको पनि बताएका छन्। उनले गएको अक्टोबरपछि आज पहिलो पटक प्रिमियर लिगको खेल खेलेका हुन्।

भान डाइक चोटग्रस्त भएपछि लिभरपुललाई उनको अभाव खड्किएको थियो। २०१९–२० को च्याम्पियन लिभरपुलले उनको अभावमा पछिल्लो सिजन तेस्रो स्थानमा चित्त बुझाएको थियो। त्यति मात्र होइन ऊ च्याम्पियन म्यान्चेस्टर सिटीभन्दा १७ अंकले पछि थियो।

तर, अहिले नेदरल्यान्डका ३० वर्षे डिफेन्डर फर्किएसँगै पहिलो खेलमै लिभरपुलले ३–० गोलको जित निकालेको छ। उनले खेलमा पुरा समय ९० मिनेट नै खेलेका थिए।

‘यो निकै रमाइलो सुरुआत भयो। अब अर्को हप्ताको खेलका लागि रिकभर हुन हामीलाई समय छ,’ भान डाइकले खेलपछि भने, ‘मैदानमा आएर साथीहरूलाई सघाउनु रमाइलो कुरा हो। सायद अब अझै राम्रो तरिकाले अघि बढ्नेछ। मलाई खेल चाहिएको छ, यो कुरा व्यवस्थापकलाई पनि थाहा छ।’

Laxmi sunrise bank
kumari

लिभरपुलले शनिबार रातिको खेलमा नर्विचविरुद्ध तीन गोल गर्दै सहज जित निकालेको थियो। भान डाइकले ३–० गोलको नतिजा निकै राम्रो भए पनि खेलको अन्तिममा आफ्नो टिमलाई अलि गाह्रो हुने गरेको बताएका छन्। थकावटको कारण अन्तिममा गाह्रो भएको भन्दै उनले सुधार हुने अपेक्षा राखेको बताएका छन्।

उनी अक्टोबर १७ मा एभर्टनसँगैको खेलमा विपक्षी टिमका पिकफर्डसँग टकराब भएपछि घाइते भएका थिए। सो खेल २–२ को बराबरीमा रोकिएको थियो। त्यसपछि उनको टिमले लगातार खराब प्रदर्शन गरिरहँदा आफूलाई मानसिक रूपमा तानव भएको भान डाइकले बताए।

त्यतिबेल लिभरपुल मुस्किलले मात्र च्याम्पियन्स लिगमा छनोट भएको थियो। अहिले प्रिमियर लिगका केही क्लब पछिल्लो सिजन भन्दा झन बलियो भएका छन्।

युरोपियन च्याम्पियन चेल्सी र प्रिमियर लिग उपविजेता म्यानचेस्टर युनाइटेड खेलाडी थपेर झन् बलियो भएर लिगमा फर्किएका छन्। यता शनिबार रातिको खेलमा लिभरपुका लागि डियागो जोटा, रोबर्टो फर्मिनो र मोहम्मद सलाहले गोल गरेका थिए।

यो जितले निकै खुसी बनाएको व्यवस्थापक याेर्गेन क्लोपले बताएका छन्। ‘हामीले मैदानमा सबै काम नतिजाका लागि गर्ने हो। नतिजा प्रदर्शनमा भर पर्छ हामीले दुई सिजन अघिको प्रदर्शन फिर्ता ल्याउने कोसिस गर्नेछौं,’ क्लोपले भनेका छन्।

प्रकाशित: Aug 15, 2021| 07:33 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।