आइतबार, चैत २२, २०८२

भैरहवालाई पराजित गर्दै इपीएलको उपाधि ललितपुरलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं-तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले उचालेका छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई १४ रनले पराजित गर्दै इपीएलको उपाधि जितेको हो । यसजित सँगै ललितपुरले २५ लाख नगर पुरस्कार प्रप्त गरेको छ भने भैरहवाले १० खालमा चित्त बुझाएको छ । 

भैरहवाका लागि प्रदिप ऐरीले ३४ रन जोडे । उनले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडे । अर्का ब्याट्सम्यान रबि इन्द्र सिंहले २९ रन जोडे । उनले ३२ बल खेल्दा समान एक चौका र छक्का प्रहार गरे । 

कप्तान शरद भेषवाकर र रायन टेनले १४–१४, आरिफ सेखले १२, मोहमद नाभिदले १० रन र कुसल मल्लले १६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । ललितपुरका लागि ललितनाराण राजवंशीले तीन, पवन सराफ र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाउर्दै १ सय ५५ रन जोडेको थियो । ललितपुरका लागि जय किासन कोल्सावालाले अर्धसतकिय पारी खेलेका थिए । उनले ५७ रनको अर्धसतकिए पारी खेलेका हुन् । उनले ५२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

राम्रो सुरुवात गरेको ललितपुरका लागि ओप्नर ब्याट्सम्यान जय किासन कोल्सावाला र गौरभ तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । गौरभ ५.१ ओभरमा टेन डोशेचको बलमा क्याच आउट भए । 

उनले १९ बलमा ३ चौका र १ छक्काको प्रहनर गर्दै २३ जोडेर मैदान बाहिरिए । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्र मल्ले दोस्रो विकेटका लागि १९ रनको साझेदारी गरे । उनले १० रन जोड्दा भैरहवाका कप्तान शरदले आउट गर्दै पेभिलियनको दिशातर्फ फर्काए । 

त्यसपछि मैदान आएका पवन सराफ ५ रनमा रन आउट भए । अर्का युवा ब्याट्सम्यान सन्दिाप जोराले ११ बलमा बिस्फोटक ब्याटिङ गर्दै १ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । कुसल भुर्तेलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । 

भैरहवाका लागि कृष्ण कार्कीले तीन विकट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डोशेचले दुई विकेट लिँदा, शरर भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।