आइतबार, चैत २२, २०८२

ललितपुरले दियो भैरहवालाई १५६ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं-जय किासन कोल्सावालाको अर्धसतकिय पारीको मद्दतले एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि १ सय ५६ रनको लक्ष्य सुम्पेको छ । 

त्रिवि क्रिकेट मैदानमा इपिएलको उपाधिका लागि भइरहेको भिड्न्तमा ललितपुरका केल्सावालाले ५७ रनको अर्धसतकिए पारी खेलेका हुन् । उनले ५२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन जोडे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाउर्दै १ सय ५५ रन जोडेको हो । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले राम्रो सुरुवात गरेका थियो । ओप्नर बयाटिङ गर्न आएका जय किासन कोल्सावाला र गौरभ तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । 

गौरभ ५.१ ओभरमा टेन डोशेचको बलमा क्याच आउट भए । उनले १९ बलमा ३ चौका र १ छक्काको प्रहनर गर्दै २३ जोडेर मैदान बाहिरिए । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्र मल्ले दोस्रो विकेटका लागि १९ रनको साझेदारी गरे । 

उनले १० रन जोड्दा भैरहवाका कप्तान शरदले आउट गर्दै पेभिलियनको दिशातर्फ फर्काए । त्यसपछि मैदान आएका पवन सराफ ५ रनमा रन आउट भए । अर्का युवा ब्याट्सम्यान सन्दिाप जोराले ११ बलमा बिस्फोटक ब्याटिङ गर्दै १ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । 

कुसल भुर्तेलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । भैरहवाका लागि कृष्ण कार्कीले तीन विकट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डोशेचले दुई विकेट लिँदा, शरर भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट लिए । भैरहवाले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।