सोमबार, पुस ७, २०८२

मधेस प्रदेशमा एचआइभी संक्रमित ४ हजारभन्दा बढी

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

जनकपुर- मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन्।

National life

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।

मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिए।

उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उनले बताए। 

मधेस प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राखे।

Laxmi sunrise bank
kumari

कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्रनारायण साह रहनुभएको थियो।  मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ। अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ। 

प्रकाशित: Jul 07, 2024| 19:01 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्