काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले शनिबरा राति दशौं स्थानको सेल्टा भिगोसँग भिढड्दै छ । बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा सेल्टासँग राति ११ः१५ बजेबाट खेल्न लागेको हो ।
बार्सिलोनालाई लिगमा अग्रता कायमै राख्न यो खेल जित्नै पर्ने हुन्छ । हाल लिगको दशौं स्थानमा रहेको सेल्टा भने आज बार्सिलोनाको घरमा उत्रिँदा जितको खोजीमा हुनेछ । आजको खेल जितेर ऊ अंक तालिकामा सुधार गर्ने योजनामा रहेको छ ।
आजको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीका लागि दुई कोसेढुंगा पुरा गर्ने अवसर हुनेछ । यदि आज मेस्सीले सेल्टाविरुद्ध ह्याट्रिक गरे उनले ला लिगामा ४००औं गोलको कोसेढुंगा पूरा गर्नेछन् ।
त्यस्तै अर्कोतिर आफ्नो खेल जिवनको ५०औं ह्याट्रिक पनि पूरा गर्नेछन् । लिगमा आज अन्य खेल पनि हुँदैछन् । बार्सिलोनाले लिगमा हालसम्म १६ खेलबाट ३४ अंक बनाएर शीर्ष स्थानमा बसेको छ । त्यसक्रममा उसले १० खेल जितेर ४ खेल बराबरी गर्दा २ खेल हारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४