सोमबार, साउन ११, २०८३

‘ए’ डिभिजन लिग : थ्री स्टारलाई च्यासलको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार २ वटा खेल हुँदैछ । एपीएफको मैदान हलचोकमा हुने खेलमा पहिलो खेल विहान ११ बजे र दोस्रो खेल दिउँसो २:३० बजे सुरु हुने छ । 

पहिलो खेलमा थ्री स्टार र च्यासल भिड्दै छन् । जारी प्रतियोगितामा थ्री स्टार ९ खेलमध्य ७ खेलमा जित र एक खेलमा बरबारी तथा एक खेलमा पराजित हुँदै २२ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको थ्री स्टारभन्दा शीर्ष स्थानको मनाङको ५ अंक बढी भएकाले आजको खेलमा थ्री स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि उभ्उने छ ।

नवौ चरणको खेलमा आर्मीसँग अन्तिम समयमा धैर्यता गुमाउँदा जितिसकेको गेम पनि बराबरी गर्दै अंक बाँड्न पुगेकाले आजको खेलमा जित्नै पर्ने बाध्यता रहेको छ । च्यासलले पनि जारी प्रतियोगितामा चार खेलमा जित र एक खेलमा बराबरी गर्दै १३ अंक जोडेको छ ।

आजै दिउँसो दोस्रो खेलमा संकटा र ब्रिगेड ब्वाईज भिड्ने छन् । संकटाले अहिलेसम्म ९ मध्य ८ खेल जित्दै २४ अंकका साथ दोस्रो स्थानमा राख्दा ब्रिगेडले जारी लिगमा एउटा मात्रै जितको स्वाद चाखेको छ । 

आजको खेलमा संकटा विजयी भए शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ । अंक बराबरी गरे पनि संकटा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदा च्यास ब्रिगेड विजयीहुँदा पुछारबाट तेस्रो स्थानमा उक्लिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।