सोमबार, साउन ११, २०८३

सलाहको उत्कृष्ट प्रदर्शनले लिभरपुलको शीर्षस्थान कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चार अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २-० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो । 

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र भर्जिल भान डिजिकले समन एक एक गोल गरे । पहिला हाफमा १-० को अग्रता लिएको खेलमा थप १ गोल दोस्रो हाफमा भएको थियो । 

लिभरपुलले खेलको १८ औं मिनेटमा सलाहले गोल गर्दै सुरुवाती अग्रता दिए । उनले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जारी सिजन सलाहको यो १४औं गोल हो ।

दोहाफको गोलका लागि सलहाले साप मिलाएका थिए । ६८औं मिनेटमा सलाहकै पासमा भर्जिल भान डिजिकले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । 

लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।