मंगलबार, माघ ६, २०८२

पीएसजीको सुखद् जितमा मेस्सीसहित पाँच नयाँ खेलाडी प्रस्तुत

१० खलाडीमा समेटिएको स्ट्रासबर्गलाई हराएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनेल मेस्सीलाई समर्थकमाझ प्रस्तुत गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- १० खलाडीमा समेटिएको स्ट्रासबर्गलाई हराएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनेल मेस्सीलाई समर्थकमाझ प्रस्तुत गरेको छ।

National life

शनिबार राति सम्पन्न खेलमा स्ट्राबसर्गविरुद्ध ४–२ गोलको जित निकालेसँगै पीएसजीले मेस्सीसहित आफ्ना पाँच नयाँ खलाडीलाई प्रस्तुत गरेको हो।

यो समर फुटबल ट्रान्सफर विन्डोमा पीएसजीले मेस्सीसहित, रियल मड्रिडका सर्जियो रामोस, एसी मिलानका जियान्लुइजी डोनारुमा, लिभरपुलका जोजियानो वाइनाल्डुम र इन्टर मिलानमा आर्चिफ हाकीमीलाई अनुबन्ध गरेको थियो।

यी सबै खेलाडीलाई क्लबले लिगको खेलमा प्रस्तुत गर्दै स्वागत गरेको हो। खेलाडी प्रस्तुतिमा पूर्व बार्सिलोना कप्तान मेस्सी र पूर्व रियल मड्रिड कप्तान रामोस सँगै देखिएका छन्। उनीहरू एकपछि अर्को गरि हातेमाले गरेर उभिएका थिए।

अहिले फ्रेन्च लिग वानमा दोस्रो चरणका खेल भइरहेका छन्। जहाँ पीएसजीले सिजनका सुरुआति दुई खेलमा जित निकालिसकेको छ। हाकीमी र वाइनाल्डुमबाहेक अन्य नयाँ खेलाडीले अहिलेसम्म खेलेका भने छैनन्।

Laxmi sunrise bank
kumari

दोस्रो चरणको खेलमा पीएसजीका माउरो इकार्डि, केलियन एम्बाप्पे, जुलियन ड्राक्जलर र सराबियाले गोल गरेका थिए। इकार्डिका लागि डियाल्लोले पास उपलब्ध गराएका थिए भने एम्बाप्पेका लागि ड्राक्जलरले पास दिएका थिए।

त्यस्तै, खेलको ८५औं मिनेटमा भएको अन्तिम गोलमा एम्बाप्पेले एसिस्ट गरेको बललाई सराबियाले गोलमा परिणत गरेका थिए।

६५ प्रतिसत बल पोसेसन बनाएर निकालेको जितसँगै ६ अंक बनाएको पीएसजी लिगको शीर्षस्थानमा छ।

यता पाहुना टिम स्ट्रासबर्गका लागि केभिवन जमेइरो र लुडोविकले समान १–१ गोल गरेका थिए। साथै खेलको ८०औं मिनेटमा अलेक्जेन्डर डिजुकुले दोहोरो पहेलो कार्ड पाएपछि स्ट्रासबर्ग १० खेलाडीमा समेटिएको थियो।

प्रकाशित: Aug 15, 2021| 07:01 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।