सोमबार, असोज ५, २०८३

सरस्वतीलाई हराउँदै लिगमा मछिन्द्रको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लबले आफ्नो पहिलो जित निकालेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वती युथ क्लबलाई ४-२ ले पराजित गर्दै लिगमभ पहिलो जित निकालेको हो । 

निकै रोमान्चक बनेको खेलमाको पहिलो हाफमा ५ गोल भएका थिए । पहिलो हाफमा सरस्वतीविरुद्ध मछिन्द्रले ३-२ को अग्रताच लिएको थियो । दोस्रो हाफमा थप एक गोल गर्दै मछिन्द्रले सरस्वतीलाई ४-२ ले पराजित गरेको हो । 

खेलको चौथो मिनेटमा मछिन्द्रका संजय राजबहाकको आत्माघाती गोलबाट सरस्वतीले अग्रता बनाएको थियो । उनले कर्नर बल क्लियर गर्नेक्रममा दोस्रो बार हुँदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । 

तर, खेलको १८ औं मिनेटमा मछिन्द्रका बिशाल राईले बराबरी गोल गरे । खेलको २३ औं मिनेटमा डियामान्डेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । खेलको २५ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रको अग्रता ३-१ को बनाए । 

त्यसपछि खेलको ३७ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले काउण्टर अट्याकमा गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । दोस्रो हाफमा मछिन्द्रका बिकाश राइले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । यसजितसँगै मछिन्दै्रले अंक तालिकामा सुधार गरेको छ । १० खेल खेल्दा मछिन्द्र १ मा जित, ३ बराबरी र ६ खेलमा हार सहित ६ अंक जोडेका छ भने सरस्वतीले समान १० खेलमा ३ खेलमा जित, १ बराबरी र ६ खेलमा हार सहित १० अंक जोडेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।