सोमबार, असोज ५, २०८३

फिफा वरियतामा नेपालको एक स्थान सुधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनीक गरेको नयाँ विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान माथि चढ्दै १ सय ६१ औं स्थानमा पुगेको हो ।

दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स १ सय ५२ औ र भारत ९७ औ स्थानमा यथावत छ । विश्व वरियतामा नेपाल भन्दा तल रहेका देशहरुमा भुटान १ सय ८६ औ स्थानमा रहँदा बंगलादेश १ सय ९२ औं स्थानमा, छ । 

त्यस्तै पाकिस्तान १ सय ९९ औं स्थानमा र श्रीलंका २ सय १ औं स्थानमा छ । नयाँ विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । त्यस्तै रुस विश्वकप २०१८ को विजेता राष्ट्र फ्रान्स भने दोस्रो स्थानमा रहेको ।

पाँच पटकको विश्वकप विजेता राष्ट्र ब्राजिल तेस्रो स्थानमा रहाँदा रुस विश्वकप २०१८ को उपविजेता राष्ट्रय क्रोएसिया चौथो स्थानमा छ । त्यस्तै इंल्याण्ड पाँचौ स्थानमा रहँदा पोर्चुगल छैटौ, उरुग्वे सातौ, स्विटजरल्याण्ड आठौ, स्पेन नवौ र डेनमार्क दशौ स्थानमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।