आइतबार, असोज १३, २०८१

मनसुन केन्द्रित विपद् पूर्वतयारीमा एनसेल

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

काठमाडौं- एनसेलले बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ।

triton college

विपद् पूर्वतयारी र प्रतिकार्यको तयारीका रूपमा मनसुनसम्बन्धी प्रकोपका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) गठन गरिएको एनसेलले जनाएको छ। 
यी टोलीहरूलाई विशेष रूपमा आपतकालीन अवस्था सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ।

त्यसैगरी, तयारी स्वरूप एनसेलले नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ। यो अतिरिक्त जनशक्तिले सेवाहरू अवरोध भएको खण्डमा कम समयमा नै अवरुद्ध सेवा सञ्चालनका लागि ठूलो भूमिका खेल्ने कम्पनीले जनाएको छ।

विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअपको व्यवस्था गरेको छ। कम्पनीका अनुसार यी ब्याट्रीहरूले लगातार विद्युत्‌को आपूर्तिमा समस्या आएमा ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ।

Metro Mart
vianet

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ। विपद्को बेलामा विद्युत् आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा सञ्चालन गरी आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरूले धेरै ठूलो महत्त्व राख्ने कम्पनीको विश्वास छ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्वजानकारी प्रदान गर्दै आएको छ।

गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो।

विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Jun 26, 2024| 18:34 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्