काठमाडौं- काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीका लागि पाँचदिने तालिम सम्पन्न गरेको छ।
तालिममा पहिलो चरणमा २१ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए। खोपको पहुँच बढाउने, सेवा सुदृढ गर्ने, तथ्याङ्कको उपयोग गर्ने र खोप खेर जाने दर घटाउने विषयमा तालिम दिइएको थियो।
तालिममा लक्षित बालबालिकाको पहिचान, खोपको अभिलेख तथा प्रतिवेदन, खोप आपूर्ति, चिस्यान शृङ्खला व्यवस्थापन र खोपपछिका जोखिम व्यवस्थापनलगायत विषय समेटिएका थिए। दोस्रो चरणमा थप १९ जना स्वास्थ्यकर्मीलाई तालिम दिइने महानगरपालिकाले जनाएको छ।