आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो

बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन्।

उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन्। चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन्। 

आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्‍याङको झुलुंगे पुल,  खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ। 

गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको जानकारी दिएका छन्।

प्रकाशित: Oct 11, 2026| 09:42 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्