सोमबार, चैत ३०, २०८२

डेढ दशकपछि थालियो बेनी-भकिम्ली सडक स्तरोन्नति

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

म्याग्दी- डेढ दशकपछि म्याग्दीको बेनी-भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका-२, ३, ४ र मङ्गला गाउँपालिका-३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। 

National life

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी-२ को बगरफाँटबाट दूधेखोला-हल्लेगौडा-डोले-मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो।

गत जेठ २९ गते ५ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे-हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत ७ करोड ७२ लाख रुपैयाँ रहेको छ। 

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ। सडक सात मिटर चौडा बनाइने छ।

विसं २०६५ मा सडक निर्माण गरिएको हो। उक्त सडक हाल चार मिटर चौडा छ। गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताए।

kumari

विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले-भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ। अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ। रासस

प्रकाशित: Jun 26, 2024| 19:31 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्