आइतबार, असोज १३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण छानबिन समितिले झिकाउने

सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण छानबिन समितिले झिकाउने

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

काठमाडौं- सहकारी संस्थाको बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ।

triton college

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको हो। समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धित निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको छ।

ती सहकारीहरुको साधारणसभाको प्रतिवेदन विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण र अन्य आवश्यक वित्तीय विवरणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिसमेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो।

प्रकाशित: Jun 26, 2024| 16:09 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्