आइतबार, असोज १३, २०८१

बाढीपहिरो र चट्याङबाट १० जनाको मृत्यु, ६ जना बेपत्ता

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

देशभर मनसुन फैलिएर वर्षा भएसँगै चट्याङ, बाढी, पहिरोजस्ता विपद्का घटना बढेका छन्। घटनामा मानवीय तथा भौतिक भएको छ।

triton college

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा केही ठाउँमा भारी वर्षा भएको छ। सुदूरपश्चिम, गण्डकी, बागमती र मधेशका केही ठाउँमा वर्षा भइरहेको छ।

नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४४ वटा विपद्का घटना भएका छन्। यसबाट देशभर १० जनाको मृत्यु भएको छ, ९ जना घाइते र ६ जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ।

पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन्। तीन जना घाइते र चार जना बेपत्ता छन्।


लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ बगुमका रुद्रमान गुरुङको मृत्यु भएको हो।

Metro Mart
vianet

बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा पहिरोले घर नै बगाएको छ। घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २७ आरूपाटामा पनि पहिरोले घर भत्काउँदा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ। पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ। पहिरोमै परी ९ वटा चौपाया समेत मरेका छन्।

चट्याङले पनि मानवीय क्षति पुर्‍याएको छ। देशभर चट्याङका १३ वटा घटना भएका छन्। चट्याङका कारण ५ जनाको मृत्‍यु भएको छ। ५ जना मानिस घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन्।

कैलालीमा बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरीका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो।

साथै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो। मंगलबार नै झापामा पनि चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका थिए।

भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्।

मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ का एकै परिवारका चार जनालाई बगाएको थियो। जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन्।

यो साताभरि नै देशका लगभग अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ। अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ। अधिकारीहरूले मनसुनी वर्षा बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

 

 

प्रकाशित: Jun 26, 2024| 13:10 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्