मंगलबार, पुस ८, २०८२

चट्याङ लागेर रोल्पामा नन्द-भाउजूको मृत्यु

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।

National life

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्।

मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ। घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए। छोरा सकुशल छन्।

प्रकाशित: Jun 26, 2024| 08:35 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्