मंगलबार, पुस ८, २०८२

लमजुङमा पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

National life
Laxmi sunrise bank
kumari

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । 

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । 

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।  

प्रकाशित: Jun 26, 2024| 08:22 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्