मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा ५ जना भ्रष्टाचारी ठहर

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा ५ जना भ्रष्टाचारी ठहर

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएको छ।

National life

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार मधेश प्रदेशका तत्कालिन मन्त्री विजयकुमार यादवसहित ५ जनालाई दोषी ठहर गरेको हो। दुई जनाले भने सफाइ पाएका छन्।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन्। लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो।

तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Laxmi sunrise bank
kumari

विशेष अदालतले यो मुद्दामा ५ जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने गरेको छैन। सजाय निर्धारणका लागि २५ असारमा इजलास बस्नेछ।

प्रकाशित: Jun 25, 2024| 20:59 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्