आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै

बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रलाई मध्यम जोखिममा राख्दै सतर्क रहन आग्रह गरिएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सचेत गराउने काम भइरहेको छ। प्रहरीले माइकिङमार्फत जोखिमबारे जानकारी गराइरहेको जनाएको छ।

गोरखामा आएको बाढीको जोखिमबारे जानकारी प्राप्त भएको र त्यसअनुसार सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हालसम्म चितवनमा बाढी प्रवेश गरेको छैन र अवस्था सामान्य छ।

प्रकाशित: Oct 11, 2026| 12:34 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्