शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • क्षतिपूर्ति नपाएको भन्दै न्यायाधीश पत्नी माइतीघरको पोलमा चढेपछि...

क्षतिपूर्ति नपाएको भन्दै न्यायाधीश पत्नी माइतीघरको पोलमा चढेपछि...

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

काठमाडौं- क्षतिपूर्ति नपाएको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ।

पोलमा चढेर हामफाल्न खोजको अवस्थामा प्रहरीले उनको उद्धार गरेको थियो। पोलबाट झारेर उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

आरतीले दिएको वैवाहिक बलात्कार कसुरमा न्यायाधीश भुवन गिरी दोषी ठहर भएर अहिले कारागारमा छन्। आफ्नो मन्जुरीबिना श्रीमान् गिरीले बलात्कार गरेको दाबी गर्दै आरतीले जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले १३ जेठमा गिरीलाई दोषी ठहर गरेको छ। गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएको छ। 

आफूले अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै आरतीले पोलमा चढेर आत्महत्याको प्रयास गरेकी हुन्।

प्रकाशित: Jun 25, 2024| 19:41 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्