सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात व्यवस्था कार्यालय झापाले ११ महिनामा उठायो ८५ करोडभन्दा बढी राजस्व

यातायात व्यवस्था कार्यालय झापाले ११ महिनामा उठायो ८५ करोडभन्दा बढी राजस्व

 |  मंगलबार, असार ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

vianetvianet

झापा- यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले जेठ महिनामा मात्रै ६ करोड २४ लाख ४० हजार चार सय १७ रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ ६९ करोड ७७ लाख ८९ हजार सात सय ७९, प्रशासनिक सेवा शुल्कबापत एक करोड ७९ लाख ९३ हजार एक सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १६ लाख ८८ हजार एक सय ६७ रूपैयाँ राजस्व असुली गरेको छ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार पाँच सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार एक सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताए। सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार पाँच सय ४८ को नामसारी हुँदा १० हजार दुई सय ६३ सवारी जाँचपास भएका उनले जानकारी दिए।

चालु आवको ११ महिनामा ६ हजार सात सय १४ मोटरसाइकल दर्ता हुँदा एक हजार छ सय ३८ ई-रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ। यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ। रासस

प्रकाशित: Jun 25, 2024| 20:31 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्