मंगलबार, पुस ८, २०८२

भारतका प्रधानमन्त्री मोदीले रुस भ्रमण गर्ने

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले मङ्गलबार बताएको छ। यद्यपि उसले भ्रमणको निश्चित मिति दिन अस्वीकार गरेको छ।

National life

दुई वर्षभन्दा धेरै समयअघि मस्कोले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि यो मोदीको पहिलो रुस भ्रमण हुनेछ। उक्त द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ। 

“हामीले भ्रमणको तयारी गरिरहेका छौँ, हामी तपाईंलाई समयमै सूचित गर्नेछौँ”, भारतीय र रुसी सञ्चारमाध्यमा मोदीले जुलाईको सुरुमा मस्कोको भ्रमण गर्ने योजना बनाइरहेको बारे प्रश्न गर्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्छन् तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ। 

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताएका थिए।

Laxmi sunrise bank
kumari

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो।

यसले भारतीयहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ। यद्यपि नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन। विशेषगरी यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो। उक्त विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो। 

भारत पनि रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ। पश्चिममा रुसलाई परम्परागत बजारहरूबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ। 

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गरेका थिए।

प्रकाशित: Jun 25, 2024| 18:47 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्